स्वागतम्
हरि ॐ सत्संग साधना सदन, गैँडाकोट–९, नवलपुरमा अवस्थित एक पवित्र धार्मिक तथा आध्यात्मिक केन्द्र हो। यहाँ भगवान गणेशलाई मुख्य आराध्यका रूपमा पूजा गरिन्छ भने भगवान शिव तथा नाग देवताको पनि विशेष आस्था र पूजा गरिन्छ। धार्मिक अनुष्ठान, सत्संग, भजन–कीर्तन साथै जेष्ठ नागरिकहरूका लागि आध्यात्मिक शान्ति, योगा तथा सामाजिक गतिविधिहरूको केन्द्रको रूपमा यो सदन परिचित छ।
विभिन्न गतिविधिहरु
अध्यक्षको मन्तव्य
हरि ॐ सत्संग साधना सदन, गैँडाकोट–९, नवलपुर, केवल एउटा मन्दिर मात्र नभई श्रद्धा, साधना, संस्कार र समाजिक एकताको केन्द्रका रूपमा स्थापित हुँदै आएको छ। यहाँ विशेष रूपमा भगवान श्री गणेशको पूजा–आराधना हुँदै आएको छ भने भगवान शिवको मन्दिर, नाग देवताको थान, हवन कुण्ड तथा अन्य संरचनाहरूले यस स्थललाई पवित्र धार्मिक धरोहरका रूपमा चिनाएको छ।
यस साधना सदनमा हरेक बिहान–बेलुका भगवान गणेशको नियमित पूजा, प्रत्येक शनिवार सत्संग महिमा र भजन–कृतन, तथा गणेश चतुर्थी, शिवरात्रि, साउन महिना, नाग पञ्चमी, ऋषि पञ्चमी, मंगल चौथी, स्वस्थानी व्रतकथा तथा पुरुषोत्तम मास पाठ पारायण जस्ता धार्मिक कार्यक्रमहरू निरन्तर रूपमा हुँदै आएका छन्। साथै समय–समयमा योग शिविर तथा अध्यात्मिक कार्यक्रमहरू सञ्चालन गर्दै समाजलाई शान्ति, अनुशासन र सदाचारको मार्गमा प्रेरित गर्ने प्रयास भइरहेको छ।
यस साधना सदनलाई आजको अवस्थामा पुर्याउन सहयोग गर्नुहुने सम्पूर्ण भक्तजन, दाता, स्वयंसेवक, स्थानीयबासी तथा शुभेच्छुकहरूप्रति म हार्दिक आभार व्यक्त गर्दछु। आगामी दिनहरूमा पनि यस स्थललाई धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिले अझ व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने हाम्रो सामूहिक संकल्प रहेको छ। भगवान गणेश तथा भगवान शिवको कृपाले सबैको जीवनमा शान्ति, सद्भाव र समृद्धि कायम रहोस्।
हरि ॐ
अध्यक्ष: ज्ञान प्रसाद खनाल
(मो.: ९८५५०७३२५६)
सम्पर्कको लागि
सम्पर्कमा रहनुहोस्
ठेगाना
गैंडाकोट नगरपालिका वडा नं ९
नवलपरासी (पुर्व), गण्डकी, नेपाल
ईमेल
hariomsatsangss@gmail.com
फोन नं
9855073256




