हाम्रो बारेमा
हरि ॐ सत्संग साधना सदन
धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक चेतनाको विकास गर्ने उद्देश्यले वि.सं. २०७२/०८/२३ गते स्थापना गरिएको यो पवित्र स्थल विशेषतः जेष्ठ नागरिकहरूका लागि आध्यात्मिक शान्ति, ध्यान र योग साधनाको केन्द्रका रूपमा परिचित छ।
समाजमा सद्भाव, नैतिकता, आध्यात्मिक जागरण तथा सकारात्मक जीवनशैलीको प्रवर्द्धन गर्नु यस सदनको प्रमुख लक्ष्य हो।
विशेष आकर्षणहरू:-
🛕 गणेश भगवानको मुख्य मन्दिर
🔱 भगवान शिवको सानो मन्दिर
🐍 नाग देवताको थान (नाग पञ्चमी विशेष पूजा)
🔥 हवन कुण्ड
🎶 प्रत्येक शनिवार सत्संग, भजन–कीर्तन
🧘♂️ समय–समयमा योग शिविर
🗳️ स्थानीय, प्रदेश र संघीय चुनावको मतदान स्थल
(दैनिक पूजा: बिहान तथा बेलुका नियमित रूपमा भगवान गणेशको पूजा गरिन्छ।)
अध्यक्षको मन्तव्य
हरि ॐ सत्संग साधना सदन, गैँडाकोट–९, नवलपुर, केवल एउटा मन्दिर मात्र नभई श्रद्धा, साधना, संस्कार र समाजिक एकताको केन्द्रका रूपमा स्थापित हुँदै आएको छ। यहाँ विशेष रूपमा भगवान श्री गणेशको पूजा–आराधना हुँदै आएको छ भने भगवान शिवको मन्दिर, नाग देवताको थान, हवन कुण्ड तथा अन्य संरचनाहरूले यस स्थललाई पवित्र धार्मिक धरोहरका रूपमा चिनाएको छ।
यस साधना सदनमा हरेक बिहान–बेलुका भगवान गणेशको नियमित पूजा, प्रत्येक शनिवार सत्संग महिमा र भजन–कृतन, तथा गणेश चतुर्थी, शिवरात्रि, साउन महिना, नाग पञ्चमी, ऋषि पञ्चमी, मंगल चौथी, स्वस्थानी व्रतकथा तथा पुरुषोत्तम मास पाठ पारायण जस्ता धार्मिक कार्यक्रमहरू निरन्तर रूपमा हुँदै आएका छन्। साथै समय–समयमा योग शिविर तथा अध्यात्मिक कार्यक्रमहरू सञ्चालन गर्दै समाजलाई शान्ति, अनुशासन र सदाचारको मार्गमा प्रेरित गर्ने प्रयास भइरहेको छ।
यस साधना सदनलाई आजको अवस्थामा पुर्याउन सहयोग गर्नुहुने सम्पूर्ण भक्तजन, दाता, स्वयंसेवक, स्थानीयबासी तथा शुभेच्छुकहरूप्रति म हार्दिक आभार व्यक्त गर्दछु। आगामी दिनहरूमा पनि यस स्थललाई धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिले अझ व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने हाम्रो सामूहिक संकल्प रहेको छ। भगवान गणेश तथा भगवान शिवको कृपाले सबैको जीवनमा शान्ति, सद्भाव र समृद्धि कायम रहोस्।
हरि ॐ
अध्यक्ष: ज्ञान प्रसाद खनाल
(मो.: ९८५५०७३२५६)
संस्थाको ऐतिहासिक पृष्ठभुमि:
नेपाल राष्ट्रको मध्यभागमा अवस्थित, कालीगण्डकी र त्रिशूली नदीको दक्षिण–उत्तर तटको निकट, पवित्र देवघाट धाम, हरिहर क्षेत्र तथा शक्तिपीठ भगवती मौलाकालिकाको अग्रभागमा रहेको, मणिमुकुन्द सेनद्वारा वर्णित गजेन्द्रमोक्ष भूमि तथा नारायणको पदस्थल मानिने पवित्र नारायणी गंगाको दायाँ काखमा अवस्थित गैंडाकोट नगरपालिका वडा नं. ९, सुर्यानगर थुम्सी क्षेत्र स्वयं धार्मिक र आध्यात्मिक चेतनाले ओतप्रोत भूमि हो। यसै पावन भूमिमा संकटमोचन हनुमानजीको विशेष आस्था रहिआएको छ।
यसै स्थानमा बसोबास गर्नुहुने धर्मप्रेमी स्वर्गीय वुवा मेघनाथ खनालज्यूले वि.सं. २०४८ सालदेखि गैंडाकोट–२ स्थित गोपेश्वर महादेव मन्दिरबाट सत्संगको सुरुवात गर्नुभएको थियो। उहाँको यही सत्संग अभियानलाई यसै वडामा पनि विस्तार गर्ने उद्देश्यले, धर्मप्रेमी टिकालाल पौडेलज्यूको सक्रियतामा वि.सं. २०६९।११।३ गते अग्रज धर्मप्रेमी बुवाआमा, स्थानीय भजन–कीर्तन समिति तथा धर्मानुरागी महानुभावज्यूहरूको छलफलबाट हरेक शनिबार नियमित सत्संग सञ्चालन गर्ने निर्णय गरियो। तत्पश्चात स्वर्गीय वुवा कमलापति सापकोटाज्यूको घरमा सप्ताहयज्ञ गरिएको मन्दिरबाट वाचक पण्डित फणिन्द्र शर्मा सापकोटा तथा सत्संग संरक्षक स्वर्गीय मेघनाथ खनालज्यूको उपस्थितिमा एक समिति गठन गरी सत्संग सञ्चालन गरिएको थियो।
केही समय रत्नाखर सापकोटाज्यूको घरमा सत्संग सञ्चालन भइरहँदा, व्यक्तिको घरमा जुठो, सुतक आदि कारणले असहजता महसुस भई सार्वजनिक थलोको आवश्यकता परेकोले उपयुक्त स्थानको खोजी गरियो। यस क्रममा, वि.सं. २०६३ सालमा देश द्वन्द्वकालीन अवस्थामा थुम्सी चोकबाट करिब ५०० मिटर दक्षिणतर्फ रहेको सार्वजनिक जग्गामा व्यक्तिगत प्रयोजनका लागि राखिएको जगलाई स्थानीय आमा समूह, विशेषतः वरपर बसोबास गर्नुहुने आमा–दिदीबहिनीहरूको अग्रसरतामा हटाई उक्त स्थानलाई सार्वजनिक प्रयोजनका लागि संरक्षण गरिएको थियो।
यसै पवित्र भूमिमा सत्संग सञ्चालन गर्ने निर्णयसहित वि.सं. २०७१।१०।५ गते सत्संग समितिको आह्वानमा वडावासी सामाजिक, धार्मिक तथा बौद्धिक व्यक्तित्वज्यूहरूको आम भेलाबाट उक्त स्थान छनोट गरियो। स्वर्गीय मेघनाथ खनालज्यूको अध्यक्षतामा तदर्थ समिति गठन भई संस्थाको नाम “हरि ॐ सत्संग साधना सदन” राखी विभिन्न उपसमितिहरू गठन गर्दै कार्यलाई निरन्तरता दिइयो। यसै स्थानमा वि.सं. २०७१।३।१८ गते शुभसाइतमा श्री १००८ स्वामी ज्ञाननन्द सरस्वतीजी महाराजको करकमलबाट शिलान्यास सम्पन्न भई, धर्मप्रेमी भक्तजन, दातृ महानुभाव, महिला समूह, नवजागरण ग्रामीण विकास केन्द्र तथा समाजसेवी व्यक्तित्वहरूको सहयोग र प्रेरणाबाट करिब ११ लाख रुपैयाँको लागतमा सत्तल निर्माण गरियो। भगवान गणेशजीको प्राण–प्रतिष्ठा सहित यही स्थानबाट नियमित सत्संग सञ्चालन हुँदै आएको छ।
हिन्दू तथा वैदिक सनातन धर्म संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले वि.सं. २०७२।८।२३ गते जिल्ला प्रशासन कार्यालय नवलपुरमा दर्ता नं. २०९२ अन्तर्गत विधिवत् दर्ता भई, विभिन्न धार्मिक, आध्यात्मिक तथा सामाजिक कार्यक्रमहरू सञ्चालन गर्दै आजको अवस्थासम्म आइपुगेको सर्वविदितै छ।
२०७१।१०।५ गते भेलाबाट चयन गरिएको तदर्थ समितिको नामावली
अध्यक्ष : मेघनाथ खनाल
उपाध्यक्ष : मणिभद्र कंडेल
सचिव : फणिन्द्र शर्मा सापकोटा
सह सचिव: विष्णुमति आचार्य
कोषाध्यक्ष : छविलाल सापकोटा
सदस्य : ज्ञानप्रसाद खनाल सदस्य
सदस्य : टिकालाल पौडेल
सदस्य : कालिमाया सापकोटा
सदस्य : मुनादेवी सापकोटा
सदस्य : रत्नाखर सापकोटा
तदर्थ समितिद्वारा गठित विधान मस्यौदा उपसमिति
१) विधान मस्यौदा तयार उपसमिति
संयोजक : पिताम्बर सापकोटा
सदस्य : रामचन्द्र सापकोटा
सदस्य : श्यामप्रसाद सापकोटा
संस्थापक समितिको नामावली
अध्यक्ष: श्री मेघनाथ खनाल
उपाध्यक्ष: श्री मणिभद्र कंडेल
उपाध्यक्ष: श्री बल्लवी सापकोटा
सचिव: श्री फणिन्द्र शर्मा सापकोटा
कोषाध्यक्ष: श्री छविलाल सापकोटा
सह-सचिव: श्री विष्णुमति आचार्य सापकोटा
सदस्य: श्री रत्नखर सापकोटा
सदस्य: श्री टिकालाल पौडेल
सदस्य: श्री कालीमाया सापकोटा
सदस्य: श्री मुनादेवी सापकोटा
सदस्य: श्री ज्ञानप्रसाद खनाल
वर्तमान समिति
मानार्थ एवं श्रद्धेय सदस्यताको विवरण
मानार्थ सदस्य
श्री पवनकुमार अग्रवाल, काठमान्डौ
श्री विष्णुप्रसाद सापकोटा, भरतपुर
स्वर्गीय मेघलाल खनाल, गैंडाकोट ९
श्री ज्ञानप्रसाद खनाल, गैंडाकोट ९
श्री देवीलाल कंडेल, गैंडाकोट ९
श्री उमा खनाल भट्टराई, काठमाडौँ
श्री लिलावती सापकोटा, गैंडाकोट ९
श्रीमणिभद्र कडेल, गैंडाकोट ९
श्री चन्द्रप्रसाद सापकोटा, गैंडाकोट ९
श्री गंगा तिवारी, रुपन्देही
जय श्री आमा समूह, गैंडाकोट ९
श्रद्धेय सदस्य:
श्री रत्नाखर सापकोटा, गैंडाकोट ९
स्व. बल्लबी सापकोटा, गैंडाकोट ९
श्री कविता खनाल, गैंडाकोट ९
स्व. कमलापति सापकोटा, गैंडाकोट ९
श्री चक्रपाणी कडेल पण्डित, गैंडाकोट ९
पं श्री टिकाराम कंडेल, गैंडाकोट ९
श्री बुद्धिनाथ घिमिरे, गैंडाकोट ९
श्री सीता न्यौपाने, गैंडाकोट ९
श्री मिनबहादुर थापा, गैंडाकोट ९
श्री छविलाल सापकोटा, गैंडाकोट ९
श्री हरिप्रसाद कँडेल, गैंडाकोट ९
श्री टिकाराम सापकोटा (ख), गैंडाकोट ९
अक्षय कोष दाता महानुभावहरू
१. उमा खनाल भण्डारी ५०,०००।-
२. स्वर्गीय कलावती सापकोटा ३७,१२५।-
३. हरिप्रसाद सापकोटा १४,१५१/-
४. रामचन्द्र सापकोटा १४,१५१/-
५. कौशिला सापकोटा १०,१००।-
६. ठगीकला सापकोटा १०,१००।-
७. पुष्प भण्डारी खनाल १०,०००।-
८. खगराज सापकोटा ५,०००।-
